aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

झापाको हलदीबारीमा सनराइज बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
झापाको हलदीबारीमा सनराइज बैंक

काठमाडौं । सनराइज बैंकले झापाको हलदीबारी गाउँपालिका वडा नं २ सञ्चालनमा ल्याएको छ ।  हलदीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेककुमार  निरौलाले शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका थिए ।  सो समारोहमा  हलदीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र लिङ्घदेनले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि सर्बधन तामाङ्घलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।  

हालसम्म सन्राइज बैंकले ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस