aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अधिकांश वाणिज्य बैंकले ‘हायर पर्चेज’ कर्जा घटाउँदा ६ वटा बैंकको बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ जेठ २०७९
अधिकांश वाणिज्य बैंकले  ‘हायर पर्चेज’ कर्जा घटाउँदा ६ वटा बैंकको बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह गर्न कडाइ गरेसँगै अधिकांश वाणिज्य बैंकहरूको हायर पर्चेज कर्जा (घर, गाडि तथा विभन्न मेसिनरी औजारहरू खरिद) मा जाने कर्जा घट्न थालेको छ । राष्ट्र बैंकका अनुसार फागुनको तुलनामा चैतमा घर तथा गाडि किन्न लिने कर्जामा कमी आएको हो । एक महिनाको अन्तरालमा वाणिज्य बैंकबाट यस्तो कर्जा १४ करोड ३८ लाख रुपैयाँ घटेको छ ।

तर २७ वाणिज्य बैंकमध्ये ६ वटा वाणिज्य बैंको भने घर तथा गाडि किन्न जाने कर्जा बढेको छ । यस्तो कर्जा बढ्नेमा नेपाल बैंक, सन्राइज बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, स्टाण्डर्ड चाटर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । एक महिनाको अन्तरालमा सबैभन्दा बढी कर्जा लगानी बढ्नेमा बढ्नेमा नेपाल बैंक लिमिटेड रहेको छ । यो बैंकबाट एक महिनामा १ अर्ब ८३ करोड रुपैयाँ घर तथा गाडि किन्नका लागि कर्जा लगानी भएको छ । 

त्यसैगरी राट्रिय वाणिज्य बैंकबाट २० करोड, स्टाण्डर्ड चाटर्ड बैंकबाट ६ करोड २३ लाख, कृषि विकास बैंकबाट ४ करोड ८६ लाख, सन्राइन बैंकबाट ७ करोड ६६ लाख र नेपाल एसविआई बैंकबाट १ लाख ७ हजार रुपैयाँ कर्जा प्रवाह भएको छ । 

बाँकी २१ वटा वाणिज्य बैंकले भने कर्जा घटाएका छन् । घर तथा गाडि किन्न जाने कर्जा सबैभन्दा बढी घटाउनेमा प्रभु बैंक रहेको छ । यो बैंकले एक महिनाको अन्तरालमा २४ करोड ९६ लाख रुपैयाँ घर तथा गाडि खरिदमा जाने कर्जा घटाएको हो । यो बैंकले चैतसम्ममा ५ अर्ब ८७ करोड रुपैयाँ लगानी भएको थियो भने फागुनसम्म ६ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरको थियो । 

चैतमसान्तसम्म वाणिज्य बैंकहरूबाट घर खरिद र गाडि खरिद शीर्षकमा १ खर्ब ४१ अर्ब २५करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । 
 

प्रतिक्रिया दिनुहोस