aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ जेठ २०७९
नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा सोमबारदेखि कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोक मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकका संचालक समिति सदस्य मनबहादुर राई ज्यू र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसाल ज्यूले कावासोती शाखाको संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत, दिपेश प्रधान लगायत बैंकका कर्मचारी, कावासोती च्यामबरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । 

२०७८ चैत्रमसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र  कर्जा ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । 


 

प्रतिक्रिया दिनुहोस