aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई होटल शारामा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ जेठ २०७९
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई होटल शारामा विशेष छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई पोखरामा अवस्थित होटल शारामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी प्रमुख जानुका सुवेदी भण्डारीले हस्ताक्षर गरेका हुन् ।  

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना,साउना,स्पा तथा पेय पदार्थमा १५ प्रतिशत तथा आवाशमा ३० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।  

यस बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।    

प्रतिक्रिया दिनुहोस