काठमाडौं । पछिल्लो एक महिनामा वाणिज्य बैंकहरूको लगानी कृषि तथा वनजन्य क्षेत्रमा २ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत फागुन महिनाको तुलनामा चैत महिनामा कृषि तथा वनजन्य क्षेत्रमा लगानी बढेको हो ।
फागुन मसान्तसम्म यस्तो लगानी २७ वाणिज्य बैंकले २ खर्ब ८६ अर्ब ३७ करोड रुपैयाँ लगानी गरेका थिए । चैत मसान्तसम्म उक्त लगानी २ खर्ब ८९ अर्ब १३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले प्राथमिकता क्षेत्र भनेर वाणिज्य बैंकहरूले अनिवार्य रूपमा लगानीको २५ प्रतिशत यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । सोहीमध्ये १० प्रतिशत भने कृषिमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्स्था छ ।
राष्ट्र बैंकका अनुसार चैतमसान्तसम्म सबैभन्दा बढी कृषि तथा वनजन्य क्षेत्रमा लगानी एनआईसी एशिया बैंकले गरेको छ । यो बैंकले २१ अर्ब ७१ करोड रुपैयाँ कृषि तथा वनजन्य क्षेत्रमा कर्जा प्रवाह गरेको छ । त्यसैगरी दोस्रोमा यो क्षेत्रमा बढी कर्जा प्रवाह गर्नेमा राष्ट्रिय वाणिज्य रहेको छ । यो बैंकले चैत मसान्तसम्म १५ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस