काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले विक्री गरेको ऋणपत्र आज बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल, काठमडौंमा विहान ९ः३० बजे ऋणपत्र बाँडफाँटको कार्यक्रम तय भएको हो ।
बैंकले वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्मे १० वर्षे अवधिको वार्षिक साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गरेको थियो । बैंकले रू. २ अर्ब २० करोड बराबरको २२ लाख ऋणपत्रमध्ये रू. ८८ करोड बराबरको ८ लाख ८० हजार कित्ता (१० हजार कित्ता सामूहिक लगानीकोषलाई समेत) सर्वसाधारणका लागि र रू. १ अर्ब ३२ करोड बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुमा बिक्री गरेको हो ।
यस ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।
प्रतिक्रिया दिनुहोस