aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एक सातामा ७ अर्बले बढ्यो निक्षेप, कर्जा प्रवाहमा पनि सुधार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० जेठ २०७९
एक सातामा ७ अर्बले बढ्यो निक्षेप, कर्जा प्रवाहमा पनि सुधार

काठमाडौं । पछिल्लो एक हप्ता वाणिज्य बैंकहरुले निक्षेप संकलनमा सुधार भएको छ । वाणिज्य बैंकहरुमा एक हप्ताको अवधिमा सात अर्ब रुपैयाँले निक्षेप बढेको हो । 

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार बैशाख ३० गतेदेखि जेठ ६ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा ७ अर्ब रुपैयाँले निक्षेप बढेको देखिन्छ । बैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा उक्त निक्षेप बढेर जेठ ६ गतेसम्म आइपुग्दा ४३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको हो ।  

यस महिना अर्थात बैशाख २ गते वाणिज्य बैंकहरुमा ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप बैशाख ९ गतेसम्म आइपुग्दा १० अर्बले घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको थियो । त्यस्तै, बैशाख ९ गतेदेखि १६ गतेसम्मको अवधिमा भने एक अर्ब रुपैयाँले निक्षेप बढेको थियो । 

त्यस्तै, बैशाख १६ गते देखि २३ गतेसम्म ५ अर्ब रुपैयाँले निक्षेप बढेर ४३ खर्ब ७३ अर्ब पुगेको थियो । बैशाख २३ गते देखि ३० गते सम्म आइपुग्दा उक्त निक्षेप घटेर ४३ खर्ब ७० अर्ब रुपैयाँमा पुगेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ ।  

यता, वाणिज्य बैंकहरुले पछिल्लो साता कर्जा प्रवाह पनि विस्तार गरेका छन् । बैशाख ३० गतेदेखि जेठ ६ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा ३ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको  हो । बैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह बढेर जेठ ६ गतेसम्म आइपुग्दा ४१ खर्ब ९४ अर्ब रुपैयाँमा पुगेको  छ ।

बैशाख २ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।  उक्त कर्जा प्रवाह बैशाख ९ गतेसम्म आइपुग्दा एक अर्बले घटेर ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको थियो । त्यस्तै, बैशाख १६ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुले कर्जा प्रवाह ३ अर्बले बढाएर ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुर्याएका थिए । 

बैशाख २३ गतेसम्म आइपुग्दा बैंकको निक्षेप घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको थियो । बैशाख ३० गतेसम्म बैंकहरुको उक्त निक्षेप घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँमा पुगेको थियो ।  

प्रतिक्रिया दिनुहोस