aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एभरेष्ट बैंकले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
एभरेष्ट बैंकले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन हुने

काठमाडौं। एभरेष्ट बैंकले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन  हुने भएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक लागि लक्ष्मी क्यापिटल मार्केटसँग सम्झौता गरेको छ। सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन्। 

बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ जारी गर्न लागेको छ। बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ।

कुल २ अर्बो ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ। ६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १०।५०५ दरले ब्याज भुक्तानी त्रैमासिक रुपले ३र३ महिनाको अवधिमा हुनेछ।

प्रतिक्रिया दिनुहोस