aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजारभन्दा बढी कित्ता शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजारभन्दा बढी कित्ता शेयर विक्रीमा

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक शेयर विक्रीमा गर्ने भएको छ । कम्पनीले दिएको निवेदनका आधारमा बैंकले बुधवार उक्त शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो । 

प्रतिकित्ता रू. १५० तोकिएको उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापहरूले मात्र तोकिएको अवधिभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा लिखित निवदन पेश गर्नुपर्नेछ । उक्त अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस