aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कन्काई विकास बैंकले कमायो ४ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ बैशाख २०७६
कन्काई विकास बैंकले कमायो ४ करोड

कन्काई विकास बैंक लिमिटेड (Kankai Bikas Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ४ करोड ४० लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४५ दशमलव ९६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ३ करोड १ लाख रुपैयाँ कमाएको थियो ।

५१ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा ८ करोड ६६ लाख रुपैयाँ छुटाएको छ ।

बैंकको निक्षेपमा १ अर्ब ९२ करोड ८८ लाख रुपैयाँ संकलन गरी कर्जामा १ अर्ब ९० करोड १ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी २४ दशमलव ४४ प्रतिशतले बढेर ११ करोड २१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३३ दशमलव ३३ प्रतिशतले बढेर ४ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ११ दशमलव ४० रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११६ दशमलव ८२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११ दशमलव ०६ गुणा र तरलता अनुपात ३० दशमलव २७ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस