काठमाडौं । २२ करोड ३२ लाख रुपैयाँ मुद्दती निक्षेपमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेका रकमलाई बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राख्ने भएको हो ।
वाणिज्य बैंकमा १७ करोड ८७ लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ३४ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ११ लाख रुपैयाँ राख्नका लागि बुधबार राष्ट्र बैंकले सूचना जारी गरेको छ । असार १ देखि २०८० जेट ३२ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राख्न खोजेको हो ।
प्रतिक्रिया दिनुहोस