aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

लक्ष्मी बैंकले नाफा  ३३ प्रतिशतले बढाएर कमायो साढे १ अर्बमाथि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
लक्ष्मी बैंकले नाफा  ३३ प्रतिशतले बढाएर कमायो साढे १ अर्बमाथि

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद नाफा १ अर्ब ५७ करोड ६० लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको साहिअवधिको तुलनाभन्दा ३३ दशमलव ४३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ अर्ब १८ करोड १० लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ९२ करोड ५ लाख रुपैयाँ चुक्ता पुँजी भएको लक्ष्मी बैंकको रिटर्न अडिङ्ग १ अर्ब ५५ करोड १२ लाख रुपैयाँ र जगेडाकोषमा २ अर्ब १६ करोड ५५ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा ७९ अर्ब ७४ करोड ३१ लाख रुपैयाँ संकलन गरी कर्जामा ७५ अर्ब २२ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ३० दशमलव ५३ प्रतिशतले बढेर ३ अर्ब ४ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३६ दशमलव ७७ प्रतिशतले बढेर २ अर्ब ३० करोड २६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा १ दशमलव ११ प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव ३३ प्रतिशत, प्रतिशेयर आम्दानी १७ दशमलव ६७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ७९ गुणा, तरलता अनुपात १४ दशमलव १२ प्रतिशत प्रतिशत र प्रतिशेयर नेटवर्थ १४१ दशमलव ६७ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस