aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

भारतमा आजदेखि बैंकिङ कारोबारको नियम परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ जेठ २०७९
भारतमा आजदेखि बैंकिङ कारोबारको नियम परिवर्तन

एजेन्सी । भारतमा आजदेखि बैंक वा हुलाक कार्यालयमा पैसाको कारोबार गर्ने नियममा परिवर्तन भएको छ । नयाँ नियम अनुसार, एक आर्थिक वर्षमा बैंक वा हुलाक कार्यालयमा २० लाख वा सोभन्दा बढी नगद जम्मा गर्न प्यान र आधार आवश्यक हुनेछ।

केन्द्रीय प्रत्यक्ष कर बोर्डले आयकर (१५औं संशोधन) नियम, २०२२ अन्तर्गत नयाँ नियमहरू बनाएको छ । जसको अधिसूचना मे १०, २०२२ मा जारी गरिएको थियो। एक आर्थिक वर्षमा बैंकिङ कम्पनी वा कर्पोरेटिभ बैंक वा कुनै एक हुलाक कार्यालयमा एक वा सोभन्दा बढी खाताहरूमा २० लाख नगद जम्मा गर्दा वा निकाल्दा आधार कार्ड वा प्यान नम्बर आवश्यक हुने छ । 

त्यस्तै, बैंकिङ कम्पनी, सहकारी बैंक वा हुलाक कार्यालयमा चालू खाता वा नगद क्रेडिट खाता खोल्दा प्यान कार्ड आवश्यक छ । अब चालू खाता खोल्नको लागि आफ्नो प्यान कार्ड देखाउनुपर्छ। साथै, जसको बैंक खाता पहिले नै प्यानसँग जोडिएको छ, तर उनीहरूले पनि लेनदेनको समयमा यो नियम पालना गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस