
काठमाडौं । बिहीवार नेप्सेमा उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ६ लाख ५६ हजार २५० कित्ता आईपीओ सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज रू. ४०३ दशमलव ९१ देखि १ हजार २११ दशमलव ७३ तोकेको छ । यहि आधारमा कम्पनीको शेयर शुक्रवार देखि दोस्रो बजारमा कारोबार आउनेछ ।
नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थको तिन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको २ लाख ३६ हजार २५० कित्ता र कम्पनीका संस्थापकहरुको लगानी गरेको ४ लाख २० हजार कित्ता सहित कुल ६ लाख ५६ हजार २५० कित्ता शेयर सूचीकृत गराएको हो । कम्पनीको सिम्बोल युएलबिएसएल रहेको छ । साथै कम्पनीले सूचीकृत पश्चात पर्ने आरटिएस सेवा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
प्रतिक्रिया दिनुहोस