aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहकारीले कुल ऋणको ५१ प्रतिशत उत्पादन तथा आयमुलक व्यवसायमा लगानी गर्नुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ जेठ २०७९
सहकारीले कुल ऋणको ५१ प्रतिशत उत्पादन तथा आयमुलक व्यवसायमा लगानी गर्नुपर्ने

काठमाडौं । अब सहकारी संस्थाहरुले कुल ऋणको कम्तीमा ५१ प्रतिशत ऋण उत्पादन तथा आयमुलक व्यवसायमा लगानी गर्नुपर्ने भएको छ । सहकारी विभागले बिहिबार ३१ बुँदे एकीकृत निर्देशन जारी गर्दै यस्तो जनाएको हो । 

विभागले जारी गरेको निर्देशनमा निर्देशनको ३१ नम्बर बुँदा मा सहकारी संघसंस्थाहरुले एक लाख रुपैयाँ भन्दा बढीको ऋण लगानी गर्दा सामुहिक जमानी वा व्यक्तिगत धन जमानी वा धितो लिएर मात्र गर्ने, ऋणको क्षेत्रगत वर्गीकरण गर्ने, प्रवाह भएको कुल ऋणको कम्तिमा ५१ प्रतिशत ऋण उत्पादन तथा आयमुलक व्यवसायमा लगानी गर्नुपर्ने उल्लेख छ । 

विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले जारी गरेको निर्देशनमा विभागले तोकेको सन्दर्भ व्याजदर कायम गर्नुपर्ने पनि भनिएको छ । त्यस्तै, सहकारी विभागबाट यसअघि सहकारी संघसंस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन खारेज भएको पनि जनाइएको छ । 

हेर्नुहोस् नयाँ निर्देशन 

 

प्रतिक्रिया दिनुहोस