aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

निर्धन उत्थान लघुवित्तको खुद नाफा ३२ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
निर्धन उत्थान लघुवित्तको खुद नाफा ३२ प्रतिशतले वृद्धि

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ७३ करोड ९५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३२ दशमलव २३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ५५ करोड ९२ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी भएको निर्धन उत्थानले जगेडाकोषमा १ अर्ब ६२ करोड २० लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ११ अर्ब ४ करोड ८९ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा २६ दशमलव ६६ प्रतिशतले वृद्धि गरी १९ अर्ब ६३ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ ।

निर्धन उत्थान लघुवित्तको खुद व्याज आम्दानी २१ दशमलव ०८ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४१ दशमलव ६५ प्रतिशतले बढेर १ अर्ब १४ करोड ६२ लाख रुपैयाँ पुगेको छ । जसले प्रोभिजनमा १३ करोड ९ लाख रुपैयाँ छुटाएको छ । 

निर्धन उत्थान लघुवित्तको निष्कृय कर्जा १ दशमलव १७ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव २० प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ६१ दशमलव ६२ रुपैयाँ, मुल्य आम्दानी अनुपात १३ दशमलव ६५ गुणा, प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ र तरलता अनुपात ९ दशमलव १९ रुपैयाँ रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस