aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

सिभिल बैंकको ३ लाख ७० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ जेठ २०७९
सिभिल बैंकको ३ लाख ७० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सिभिल बैंक लिमिटेडले ३ लाख ७० हजार ७०६ कित्ता संस्थापक शेयर शुक्रवारदेखि विक्रीमा ल्याएको छ । बैंकले विभिन्न पाँच सदस्यहरूको नाममा रहेका उक्त शेयर विक्रीका लागि शुक्रवार ३५ दिने सुचना जारी गरेको हो । 

यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीहरूले बैंकको केन्द्रीय कार्यालय, सिभिल ट्रेड सेन्टर सुन्धारा, काठमाडौंमा आवेदन दिन सक्नेछन् । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उल्लेखित शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने बैंकले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस