aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

वैशाख महिनामा सिटिजन्स म्युचुअल फण्ड–२ को नोक्सानी रकम बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ जेठ २०७९
वैशाख महिनामा सिटिजन्स म्युचुअल फण्ड–२ को नोक्सानी रकम बढ्यो

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुुअल फण्ड –२ को नोक्सानी रकम चैत मसान्तको तुलनामा वैशाखमा बढेको छ । चैत मसान्तसम्म रू. ६ करोड ५८ लाखभन्दा बढी नोक्सानीमा रहेको योजना वैशाख मसान्तसम्म रू. ७ करोड ५५ लाखभन्दा बढी नोक्सानी व्यहोर्न पुगेको हो ।

धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालनमा रहेको यस योजनाले वैशाख मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य रू. ५७ कारोड ४१ हजारभन्दा बढी छ । धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने रू. ४९ करोड ३७ लाखभन्दा बढी मात्र रहेको छ । 

योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्यभन्दा बजारमूल्य कम रहेको हो । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा रू. ६ करोड लगानी गरेको छ । चैत मसान्तसम्म रू. ५ करोड लगानी गरेको योजनाले यस महिना रू. १ करोड बैंक मुद्दती निक्षेपमा लगानी बढाएको हो ।

सात वर्षे बन्दमुखी प्रकृतिको यस योजनाले ५ करोड ६० लाख इकाई जारी गरेको थियो । चैत मसान्तसम्म रू. ११ दशमलव शून्य १ रहेको योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य बैंशाख मसान्तसम्म रू. १० दशमलव ८४ मा झरेको छ । 
 

प्रतिक्रिया दिनुहोस