aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सामुदायिक लघुवित्तको नाफा ५६ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
सामुदायिक लघुवित्तको नाफा ५६ प्रतिशतले वृद्धि

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा २ करोड ४४ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५६ दशमलव ९६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ करोड ५५ लाख रुपैयाँ कमाएको थियो ।

१० करोड रुपैयाँ चुक्ता पुँजी भएको सामुदायिकले जगेडाकोषमा ५ करोड ५४ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ३५ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा २६ दशमलव ८४ प्रतिशतले वृद्धि गरी ९१ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ ।

सामुदायिकको खुद व्याज आम्दानी .१९ दशमलव ०४ प्रतिशतले बढेर ७ करोड ५३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८० दशमलव ९५ प्रतिशतले बढेर ३ करोड ८४ लाख रुपैयाँ पुगेको छ । 

सामुदायिक लघुवित्तको निष्कृय कर्जा १ दशमलव ६५ प्रतिशत, जोखिम युक्त सम्पत्ति १५ दशमलव ७८ प्रतिशत, प्रतिशेयर आम्दानी २४ दशमलव ४४ रुपैयाँ, मुल्य आम्दानी अनुपात २१ दशमलव ७७ गुणा, प्रतिशेयर नेटवर्थ १५५ दशमलव ४४ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ९८ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस