aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मल्टीपर्पस फाइनान्सको नाफा ११ प्रतिशतले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
मल्टीपर्पस फाइनान्सको नाफा ११ प्रतिशतले घट्यो

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ९० लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ११ दशमलव ९१ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ करोड २ लाख रुपैयाँ कमाएको थियो ।

४ करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी भएको मल्टीपर्पस फाइनान्सले जगेडाकोषमा ९२ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा २१ करोड ३१ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा २१ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ ।

मल्टीपर्पस फाइनान्सको खुद व्याज आम्दानी .१ दशमलव ८७ प्रतिशतले घटेर १ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११ दशमलव ७६ प्रतिशतले घटेर ९० लाख रुपैयाँ पुगेको छ । 

मल्टीपर्पस फाइनान्सको निष्कृय कर्जा ४ दशमलव ५१ प्रतिशत, जोखिम युक्त सम्पत्ति २५ दशमलव ५१ प्रतिशत, प्रतिशेयर आम्दानी २१ दशमलव ८३ रुपैयाँ, मुल्य आम्दानी अनुपात ५ दशमलव ५९ गुणा, प्रतिशेयर नेटवर्थ १५२ दशमलव ४४ रुपैयाँ र तरलता अनुपात २० दशमलव ९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस