aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

राष्ट्र बैंकको नयाँ नीतिप्रति बैंकरहरु असहमत, सच्चाउन दबाब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
राष्ट्र बैंकको नयाँ नीतिप्रति बैंकरहरु असहमत, सच्चाउन दबाब

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ नीतिप्रति नेपाल बैंकर संघले असहमति राखेको छ । संघले विज्ञप्ति जारी गर्दै केन्द्रीय बैंकको नयाँ कदमको विरोध गरेको हो ।
संघले स्प्रेड गणनाको विधि सच्चाउन माग गरेको छ । राष्ट्र बैंकको अहिलेको नीतिका कारण बैंकहरुको नाफामा २५ प्रतिशतले संकुचन हुने भन्दै त्यसलाई सच्चाउन माग गरेको हो त्यस्तै बैंक्योरेन्समा लगाइएको रोकमा पनि संघले आपत्ति जनाएको छ । अन्तर्राष्ट्रिय मान्यताविपरीत बैंक्योरेन्समा रोक लगाइएको संघको भनाइ छ । संघले काउन्टर साइक्लिसकल बफरका बिषयमा पनि असहमति राखेको छ। 

प्रतिक्रिया दिनुहोस