
काठमाडौं । पछिल्लो समय सहकारीबाट ठगिने सदस्यहरुको संख्या बढ्दो रहेको छ । सहकारीबाट ठगिएको भन्दै बचतकर्ताहरु सहकारी विभाग गुहार्न पुग्ने गरेका छन् । कतिपय सहकारीहरु विरुद्ध परेको उजुरी विभागले सहकारी र बचतकर्ताहरुलाई राखेर छलफल पश्चात मिलापत्र गराउने गरेको छ ।
तर, कतिपय उजुरी भने प्रहरी कार्यालयसम्म पुगेको छ । काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका ४१ वटा सहकारी विरुद्ध विभिन्न समयमा विभागमा उजुरी परेको छ । यो उजुरी प्रहरीमा मिलापत्र गर्न नसकेका मुद्दाहरु हुन ।
विभागका अनुसार हालसम्म १ हजार ७६७ जना बचतकर्ताहरुले ८१ करोड ५३ लाख ६२ हजार ६७४ रुपैयाँ बराबरको माग दावी सहित विभागमा उजुरी दिएका छन् । उजुरी परेका सहकारी संस्थाहरुमा किरणोदय बहुउद्देश्यीय सहकारी संस्था, हितकोष बहुउद्देश्यीय सहकारी संस्था र स्वार्णपथ बहुउद्देश्यीय सहकारी संस्था र अन्य सबै बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
हालसम्म उजुरी परेका संस्थाहरुमा मानापाथी बचत तथा ऋण सहकारी संस्था, मनसुन, समुन्नत, न्युज डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था, एल पि जि, हलमार्क, चाइना टाउन,तीव्र, सम्यम, पानी ट्ङकी, सोसाइटी, विज्नेस, सिकादेवी, सूर्योदय ज्योति, ऊँ बटु रहेका छन् ।
त्यस्तै, अष्ट मंगल, स्वतन्त्र शान्ता, जनमत, ल्हात्स, उपासी,एु टु जेट, उनन्ती, मुस्किलमा सजिलो, आनन्द नगर, सुपर टप, ढुकु पिकु, जनजावीका, अस्मासिस, महिला चालक मजदुर, जिलेट बचत तथा ऋण सहकारी संस्था आदि हुन् ।
त्यसैगरी, सामाजिक बचत तथा ऋण सहकारी संस्था, गृहशान्ति, सर्वश्री, कान्ति, संघर्ष, हेल्प विथ अस, नमस्ते गोसाइकुण्ड, द नेक्स्ट र जाम्बाला बचत तथा ऋण सहकारी संस्था विरुछद्ध उजुरी परेको विभागको तथ्याङकमा उल्लेख छ ।
न्युज डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था विरुद्ध एक बचतकर्ताले २ लाख ८४ हजार रुपैयाँ बराबरको माग दावी गर्दै उजुरी दिएका छन् । त्यस्तै, अष्ट मंगल बचत तथा ऋण सहकारी संस्थाका १ सदस्यले २९ लाख ५० हजार रुपैयाँ बराबरको उजुरी दिएका छन् । स्वर्णपथ बहुउदेश्य सहकारी संस्थाका २९ जना सदस्यहरुबाट ४२ लाख ६१ हजार ७२३ रुपैयाँ र ढुकु पिकु बचत तथा ऋण सहकारी संस्थाबाट ५० लाख रुपैयाँ बराबरको उजुरी परेको हो ।
आव २०७६÷७७ मा १५ वटा सहकारी विरुद्ध विभागमा उजुरी परेको छ । जसमा समुन्नत बचत तथा ऋण सहकारी संस्थाका ७ सदस्यहरुबाट १ करोड ५२ लाख, एल पि जि सहकारीका ८५ जना सदस्यबाट ४३ लाख ८७ हजार ९८६ रुपैयाँ, हलमार्क सहकारीका ५ सदस्यहरुबाट ५९ लाख ९३ हजार ६०६ रुपैयाँ, चाइना टाउन सहकारीका २ सदस्यबाट १८ लाख ४७ हजार रुपैयाँ, तीव्र बचत तथा ऋण सहकारी संस्थाका ७ सदस्यहरुबाट ४१ लाख २९ हजार ३५८ रुपैयाँ, सम्यम सहकारीका ५ सदस्यबाट ५८ हजार ७८७ रुपैयाँ बराबरको माग दावी सहित उजुरी परेको हो ।
त्यसैगरी, सोसाइटी सहकारीका एक सदस्यबाट २३ लाख ५० हजार रुपैयाँ, विज्नेस सहकारीका १५ सदस्यहरुबाट २ करोड ५८ लाख ८० हजार रुपैयाँ, सिकादेवी सहकारीका ११ सदस्यहरुबाट ६७ लाख ७९ हजार ५०० रुपैयाँ,सूर्योदय ज्योती सहकारीका ११ सदस्यहरुबाट ६७ लाख ७९ हजार ५ सय रुपैयाँ ठगी गरेको विभागले जनाएको छ ।
त्यस्तै, स्वतन्त्र शान्ति सहकारीका ४७ सदस्यहरुबाट २ करोड ५८ लाख ९३ हजार १३३ रुपैयाँ, ल्हात्स सहकारीका २ सदस्यहरुबाट ५ लाख ९२ हजार ७९३ रुपैयाँ उपासी सहकारीका १३ सदस्यहरुबाट १६ लाख ४ हजार ६०१ रुपैयाँ र मानापाथी बचत तथा ऋण सहकारी संस्थाका २३ सदस्यले ९१ लाख २४ हजार ११२ रुपैयाँ बराबरको उजुरी आएको विभागले जनाएको छ ।
यससँगै मनसुन बचत तथा ऋण सहकारी संस्थाका एक सदस्यबाट १० लाख रुपैयाँ, पानी ट्ङकी सहकारी संस्थाका १० सदस्यले ८५ लाख १५ हजार २८३ रुपैयाँ, जनमत सहकारीका ३ सदस्यहरुबाट ३३ लाख २६ हजार ७३३ रुपैयाँ, ए टु जेट सहकारीका १२ सदस्यहरुबाट ५४ लाख ५ हजार ८१४ रुपैयाँ, उनन्ती सहकारीका ३५ सदस्यबाट ५९ लाख २३ हजार ९८० रुपैयाँ, मुस्किलमा सजिलो सहकारीका ४ सदस्यहरुबाट १५ लाख ४ हजार ३८४ रुपैयाँ, आनन्द नगर सहकारीका १ हजार ४९ सदस्यहरुबाट १४ करोड ६० लाख ८६ हजार ९८७ रुपैयाँ, सुपर टप सहकारीका ४ सदस्यहबाट ३ लाख ९० हजार ३०० रुपैयाँको उजुरी परेको छ ।
विभागका अनुसार जनजीविका बचत तथा ऋण सहकारी संस्था (काठमाडौं महानगरपालिका पेप्सीकोलामा कार्यालय रहेको ) बाट ४ लाख ५९ हजार रुपैयाँ, अस्मासिस सहकारीका २० सदस्यहरुबाट ८३ लाख ३० हजार रुपैयाँ, महिला चालक सहकारीका २ सदस्यहरुबाट १८ लाख ९० हजार रुपैयाँ र जिलेट बचत तथा अण सहकारी संस्थाका ३३ जना सदस्यहरुबाट २ करोड ५२ लाख ४९ हजार १९८ रुपैयाँ बराबरको उजुरी परेको हो ।
त्यसैगरी, सूयोदय ज्योति बचत तथा ऋण सहकारीका ११ बचतकर्ताबाट २ लाख ३६ हजार ६२० रुपैयाँ, ॐ बटु सहकारीका २० सदस्यबाट ६ करोड ८१ लाख ८७ हजार ४३२ रुपैयाँ, अष्ट मंगल सहकारीका एक सदस्यबाट २९ लाख ५० हजार रुपैयाँ, महिला चालक सहकारीका २ सदस्यहरुबाट १ लाख ८९ हजार रुपैयाँ र सामाजिक बचत तथा ऋण सहकारीबाट सबैभन्दा धेरै ३९ करोड ११ लाख ४१ हजार ३४० रुपैयाँ बराबरको उजुरी परेको छ ।
उजुरी परेका अन्य सहकारीहरुमा हितकोष बहुउद्देश्यीय सहकारीका ५६ सदस्यहरुबाट १४ लाख ७८ हजार ११ रुपैयाँ, हेल्प विथ अस बचत तथा ऋण सहकारीका २४४ सदस्यहरुबाट १ करोड ८२ लाख १९ हजार ७६० रुपैयाँ, नमस्ते गोसाइकुण्ड सहकारीका सदस्यहरुबाट ९१ लाख १४ हजार १० रुपैयाँ, द नेक्स्ट सहकारीका सदस्यबाट १५ लाख १० हजार रुपैयाँ र जाम्बाला बचत तथा ऋण सहकारीका सदस्यबाट १६ लाख रुपैयाँ बराबरको उजुरी परेको विभागले जनाएको छ ।
विभागका अनुसार उजुरी परेका अन्य पाँच सहकारीको विवरण भने खुलाइएको छैन । उक्त सहकारीहरुमा गुह शान्ति बचत तथा ऋण सहकारी संस्था, सर्वश्री, कान्ति, किरणोदय बहुउदेश्यीय सहकारी संस्था, र संघर्ष बचत ऋण सहकारी संस्था रहेका छन् । सर्वश्री सहकारीका एक जना र कान्ति बचत तथा ऋण सहकारीका ८ जना सदस्यहरुले विभागमा उजुरी दिएका छन् रकम भने उल्लेख गरिएको छैन ।
सहकारी विभागका निर्देशक देवेन्द्रप्रसाद पोखरेलले विभागमा मिलापत्र हुन नसकेका उजुरीहरु प्रहरीकोमा दर्ता हुने गरेका जानकारी दिए । उनले भने, ‘विभागमा धेरै उजुरीहरु आउँछन् । कतिपय उजुरीहरुमा सहकारीका सञ्चालक र बचतकर्तालाई बोलाएर मिलापत्र गराउने गरेका छौ । तर, मिलापत्र हुन नसेका केही उजुरीहरु प्रहरीकोमा पनि पठाएउने गरेका छौं ।’
त्यस्तै, प्रहरीकोमा आएका सहकारी विरुद्धका उजुरीहरु धेरैजसो मिलापत्र गर्न नसकिने खालको आउने गरेको जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता दिनेश मैनाली बताउँछन् । उनी भन्छन्, ‘सहकारी विभागमा मिलापत्र नभएका उजुरीहरु प्रहरी परिसरमा आउने गर्छन् । यहाँ आएका कमै मात्राका उजुरीको मिलापत्र हुनेगर्छ । तर, धेरै जसो उजुरीहरु मुद्दामा नै जान्छन् ।’
प्रतिक्रिया दिनुहोस