aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

पुराना सवारी साधनहरुको लिलाम बिक्री गर्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ जेठ २०७९
पुराना सवारी साधनहरुको लिलाम बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारी साधनहरुको लिलाम बिक्री गर्ने भएको छ । बैंकको सम्पत्ति तथा व्यवस्थापन विभागले सोमबार एक सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको तीनवटा जीप, स्वराज मज्दा बस र महेन्द्रास्कारपियो पीकअप लिलाम बिक्री गर्न लागेको हो । 

बैंकको सूचना अनुसार उक्त सवारी साधनहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बिक्री गर्ने जनाएको छ । इच्छुक व्यक्ति वा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बोलपत्र फारम खरिद गरी १६ दिनको १२ बजेभित्र सिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।


 

प्रतिक्रिया दिनुहोस