aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

राष्ट्र बैंकले एक अर्ब ५० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ जेठ २०७९
राष्ट्र बैंकले एक अर्ब ५० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै उक्त कोषमा रहेको एक अर्ब ५० करोड रुपैयाँ रकम मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको हो । 

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा एक अर्ब २० करोड, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा २२ करोड ५० लाख, ‘ग’ वर्षका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७ करोड ५० लाख रुपैयाँ गरि एक अर्ब ५० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।    

राष्ट्र बैंकबाट इजाजत प्राप्त विभिन्न शर्तहरु पुरा गरेका बैंक तथा वित्तीय संस्थाहरुबाट तोकिएको सिमाभित्र रही आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत तोकेको फारम भर्न सकिनेछ ।   


 

प्रतिक्रिया दिनुहोस