aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

प्राइम र कन्काई प्राप्ति पारित, भदौको दोस्रो हप्ता एकीकृत कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
प्राइम र कन्काई प्राप्ति पारित, भदौको दोस्रो हप्ता एकीकृत कारोबार

काठमाडौं । प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई प्राप्तिको  प्रस्ताव बहुमतले पारित गरेको छ । बुधबार काठमाडौंमा विशेष साधारण सभामार्फत बैंकले प्राप्ति सम्बन्धी प्रस्तावलाई पारित गरेको हो । दुई बैंकको प्राप्ति पारितपछि दुबै बैंकको एकीकृत कारोबार भदौ १५ गते गर्ने गरी तयारी भइरहेको बैंकका डिप्युटि जनरल म्यानेजर तथा प्रवक्ता भाइराजा तुलाधारले जानकारी गराए । 

 यस बैंकले कन्काईलाई प्राप्ति गर्ने समझदारी पत्रमा गत जेठ २२ गते हस्ताक्षर गरेको थियो । असार २६ गते नेपाल राष्ट्र बैंकबाट प्राप्त आशय पत्र प्राप्त गरेको यस बैंकले साउन ५ गते अन्तिम पटक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

प्राइम कमर्सिलय बैंक र कन्काई विकास बैंकबीच १०० कित्ता कन्काई विकास बैंकको शेयर बराबर ७१ दशमलव ५ कित्ता प्राइमको शेयर दिने गरी शेयर स्वाप रेसियो सम्बन्धी निर्णय दुबै बैंकको सञ्चालक समितिले गरिसकेका छन् । यसभन्दा पहिला दुबैं बैंकको ड्यूउ डेलिजेन्स अडिट(डिडिए) बाट प्रामइ बैंकको १०० बराबर ६५.६३ दिने सहमत भएको थियो । तर बैंकको सहमतिमा १० प्रतिशतसम्म बढाउन पाउने भएकोले स्वाप रेसियो वृद्धि गरिएको प्रवक्ता तुलाधारले बताए ।  

कन्काईलाई प्राप्ति गरेपश्चात बैकको चुक्तापूँजी  ९ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको हाल रहेको संख्या ७३ मा २१ वटा शाखा थप भई ९४ पुग्नेछ । बैंकले कन्काईलाई प्राप्ती गर्ने सम्पूर्ण कार्यहरु भदौ १५ गतेभित्र सम्पन्न गरी एकिकृत कारोबार गर्ने लक्ष्य लिएको छ । प्राइमले विभिन्न बैंक तथा वित्तीय संस्थाहरु मर्र्जर तथा प्राप्ती गर्दै जाने रणनीति अन्तर्गत कैलाश विकास बैंक तथा ललितपुर फाइनान्सलाई प्राप्ती गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । 

यी संस्थाहरुलाई पनि कात्तिक महिनाभित्र प्राप्ती कार्य सम्पन्न गरी एकिकृत कारोबार सुरु गर्ने लक्ष्य रहेको बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले जानकारी दिएका छन् । यी दुबै कम्पनीहरुलाई प्राप्ती गरेपश्चात बैंकको शाखा १९४ पुग्नेछ । 

त्यस्तैगरि, प्राइम र कैलाश विकास बैंकबीचको प्राप्तिको काम पनि अघि बढिरहेको छ । प्राइम र कैलाशको प्राप्ति आउँदो कार्तिक महिनासम्ममा सक्ने गरि काम भइरहेको डिप्युटी जनलर म्यानेजर तथा प्रवक्ता भाइराजा तुलाधारले बताए । 
 

प्रतिक्रिया दिनुहोस