
ओम डेभलपमेन्ट बैंक लिमिटेड (Om Development Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ३४ करोड ७३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३० दशमलव ४५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २६ करोड ६२ लाख रुपैयाँ कमाएको थियो ।
२ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा १ अर्ब १५ करोड १२ लाख रुपैयाँ छुटाएको छ ।
बैंकको निक्षेपमा २४ अर्ब ७९ करोड ८९ लाख रुपैयाँ संकलन गरी कर्जामा २२ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी ४४ दशमलव ५२ प्रतिशतले बढेर ७७ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३३ दशमलव ६६ प्रतिशतले बढेर ५४ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव ४१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४५ दशमलव ७७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १० दशमलव ७० गुणा र तरलता अनुपात २४ दशमलव ०८ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस