aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ जेठ २०७९
बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बीओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ । ग्राहकहरुलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंकले यस्तो बचत खाता सार्वजनिक गरेको हो । 

यसमा हाल बैंकिङ्ग क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदर भन्दा बढि ब्याजदर तोकिएको छ । यस्तो ब्यवस्थासहित अन्य धैरे निशूल्क सुबिधाहरु रहेको यस बचत खाता खोली ग्राहकहरुले उच्चतम् लाभ लिन सक्नेछन् । 

“अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको यस बचत खातामा ग्राहकहरुले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर पाउनेछन् । साथै १० हजारको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकहरुलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरुको ब्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस