aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

प्राइम कर्मशियल बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न सेबोनमा अनुमति पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ जेठ २०७९
प्राइम कर्मशियल बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न सेबोनमा अनुमति पायो

काठमाडौं । प्राइम कर्मशियल बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ । कम्पनीले रू. १ हजार अंकित दरका ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनबाट जेठ १८ गते स्वीकृती पाएको हो । 

विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कुल ५० लाख कित्ता मध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी ३० लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले ५ वर्ष सम्मका लागि वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदरमा प्राइम डिबेञ्चर २०८४ नामक ऋणपत्र निष्कासन गर्न सेबोनमा अनुमति पाएको हो । 
 

प्रतिक्रिया दिनुहोस