aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

किसान लघुवित्तको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ जेठ २०७९
किसान लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार किसान लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू. १ हजार ८ दशलमव ३३ तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य रू. १ हजार २२० को आधारमा शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार जेठ २० गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले आव २०७७÷७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा धनगढी, कैलालीमा बिहान ११ बजे सभा गर्ने जानकारी दिएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ३९ करोड २८ लाख ८ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्न लागेको हो । 

कम्पनीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । साथै, अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस