aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

सानिमा बैंकको २५ लाख कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० जेठ २०७९
सानिमा बैंकको २५ लाख कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडको २५ लाख कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा आएको छ । बैंकले डा. निरज गोविन्द श्रेष्ठको नाममा रहेको उल्लेखित कित्ता शेयर प्रतिकित्ता रू. २०० मा विक्रीको लागि ३५ दिने सुचना जारी गरेको हो ।  

यो शेयर खरीदका लागि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्यूनतम २ लाख कित्ता माग गर्न सकिनेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस