
काठमाडौं । सिटिजन्स बैंक र फोकसवानबिच कार्डमा आधारित भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकले ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा भुक्तानी सेवा प्रदायक, फोकसवान प्रालि सँग कार्डमा आधारित स्क्यान टू पे र क्यू आर माध्यमवाट भुक्तानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेको हो ।
उक्त सेवा संचालनमा आएसंगै बैंकका कार्ड बाहकहरुले फोकसवानद्धारा संचालित मोको डिजिटल वालेटमा बैंकका डेबिट÷क्रेडिट कार्डहरु लिङ्क गरि सोही कार्डहरुबाट खर्च हुने गरि बिभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन । यसै गरि बैंकका ग्राहकहरुले मोको वालेट मार्फत एनसीएचएल को नेपाल पे अन्तर्गतका क्यू आर माध्यमवाट भुक्तानी समेत गर्न सक्नेछन् ।
सिटिजन्स बैंक लगायतका बिभिन्न बैंकहरु द्वारा प्रबर्धित नेपाल पेमेन्ट सोलुसन ९नेप्स० तथा फोकसवानको सहकार्यमा प्रारम्भ गरिएको यस सेवाबाट बैंकको डिजिटल बैंकिङ्ग सेवाको क्षेत्रमा नौलो आयाम थपिएको विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस