aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

चिरीबाबु महर्जनले गरे सनराइज बैंक कुपन्डोल शाखाको उद्घाटन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
चिरीबाबु महर्जनले गरे सनराइज बैंक कुपन्डोल शाखाको उद्घाटन

ललितपुर । सनराइज बैंकले आफ्नो ११७औं शाखा ललितपुरको कुपन्डोलमा सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिका वडा नं १ मा विहिबार उक्त शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका थिए ।  

ललितपुर महानगरपालिकाका मेयर महर्जन सनराइज बैंकको ऋणी समेत रहेको र तीन-तीन महिनामा बैंकको ऋणको किस्ता तिरिरहेको उनले बताए । उनले भने, ‘अब मेरो घर पनि यहि वडामा भएकाले मलाई ऋणको किस्ता तिर्न सहज हुने भयो ।’ सनराइज बैंकको राम्रो सेवाग्राहीका रुपमा आफू पर्ने मेयर महर्जनले बताए । महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको बताउँदै अब बैंकलाई राजस्व संकलनमा सहयोग गर्न आग्रह गरे । 

त्यस्तै बैंकका सञ्चालक ओमकृष्ण जोशी सनराइज बैंकले अन्य बैंकले भन्दा पहिला र नयाँ योजना ल्याएकाले अब ललितपुर महानगरपालिकामा समेत आफ्ना सेवा विस्तार गर्न पाएकोमा कुपन्डोलबासीलाई धन्यवाद दिएका थिए । उनले भने-‘सनराइज बैंकको निक्षेप बीमा योजना हाल राम्रो प्रोडक्टका रुपमा बैंकिङ क्षेत्रमा परिचित भइरहेकाले ललितपुरबासीले पनि यसको फाइदा उठाउनु होला ।’

सनराइज बैंक ब्रहमान्डमा रहेका अनगिन्ती ग्रहमध्ये सूर्य महत्वपूर्ण भएजस्तै सनराइज बैंक पनि त्यस्तै भएको बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले बताए । उनले भने- ‘म सनराइज बैंकमा आएको तीन हप्ता मात्र भयो यो तीन हप्ताको अध्ययनले हाल सञ्चालनमा रहेका २८ वटा बाणिज्य बैंकमध्ये सनराइज बैंक फरक पाए, यसले ल्याएका योजनाहरु नेपाली हावापानी सुहाउदो र नेपालीको आर्थिक उन्नतिमा सहयोग पुग्ने खालका पाए ।’

 राष्ट्र बैंकका निर्देशनहरु सम्पूर्ण पालना गर्दै कृषि र डिप्राइभ सेक्टरको लगानी राष्ट्र बैंकले तोकेकोभन्दा माथि नै रहेको उनले जानकारी दिए । उनले भने, ‘बैंकमा आउने सेवाग्राहीको आवश्यकतालाई पहिलो स्थानमा राख्न सबै कर्मचारीलाई निर्देशन दिएको छु सनराइजको मुख्य उद्देश्य सेवाग्राहीको सन्तुुष्टि हो त्यसैले सेवा ग्राहिले के चाहन्छन् त्यो सनराइजको पहिलो प्राथमिकतामा पर्नुपर्छ ।’
उक्त शाखा उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक इ. बच्छराज तातेड,शारदा शर्मा र वडा नं १ का वडा सदस्यहरुको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस