
काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ आजदेखि सर्वसाधारणलाई बिक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधरणका लागि ११ करोड ९० लाख इकाई बिक्री निष्काशन गरेको हो।
सर्वसाधारणले प्रतिइकाई १० रुपैयाँको दरमा न्युनतम १०० इकाईदेखि अधिकतम एक करोड ४० लाख इकाईसम्मको लागि आवेदन दिन सक्ने छन्। छिटोमा साउन २७ गतेसम्म र ढिलोमा भदौ २० गतेसम्म बिक्री खुल्ला हुनेछ।यो योजना इकाई बाँडफाँड भएको १० वर्षसम्म सञ्चालन हुनेछ। यसको वार्षिक औसत लाभांश २५ प्रतिशतभन्दा माथि हुने प्रक्षेपण गरिएको छ।
प्रतिक्रिया दिनुहोस