aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बैंक अफ काठमाण्डूको नाफा ४६ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
बैंक अफ काठमाण्डूको नाफा ४६ प्रतिशतले वृद्धि

बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासमा खुद मुनाफा १ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनाभन्दा ४६ दशमलव ७० प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३२ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो । 

८ अर्ब ६ करोड ३१ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले रिर्टन अर्निङ १ अर्ब ३९ करोड १० लाख रुपैयाँ र जगेडाकोषमा ४ अर्ब ५५ करोड २८ लाख रुपैयाँ छुटाएको छ । 

बैंक अफ काठमाण्डूले निक्षेपमा ८२ अर्ब ९३ करोड ६१ लाख रुपैयाँ संकलन गरी कर्जा ७१ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकले निक्षेपमा ७ दशमलव ८९ प्रतिशतले र कर्जामा ९ दशमलव २३ प्रतिशतले वृद्धि गरेको छ । 

बैंकको खुद व्याज आम्दानी २३ दशमलव ३७ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४७ दशमलव ८३ प्रतिशतले बढेर २ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकको निष्कृय कर्जा १ दशमलव ५० प्रतिशत, जोखिमयुक्त सम्पत्ति १४ दशमलव ५८ प्रतिशत, प्रतिशेयर आम्दानी २४ दशमलव ०४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १० दशमलव ६५ गुणा, प्रतिशेयर नेटवर्थ १७३ दशमलव ७२ रुपैयाँ र तरलता अनुपात २७ दशमलव ४२ प्रतिशत रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस