aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

लक्ष्मी लघुवित्तको ब्यवस्थापन सम्मेलन शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ जेठ २०७९
लक्ष्मी लघुवित्तको ब्यवस्थापन सम्मेलन शुरु

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालयका ब्यवस्थापन समूह सहित ९० वटा शाखा प्रमुखहरुको उपस्थितीमा २ दिने ब्यवस्थापन सम्मेलन शुरु भएको छ । २०७९ ज्येष्ठ २१ गतेबाट आयोजना गरिएको सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले पानसमा दीप प्रज्वलन गरी बिधिवत शुभारम्भ गरेका हुन । 

उक्त अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृतले विधमान तरलता समस्यालाई आत्मसात गर्दै चालु आ.व.२०७८÷७९ को समीक्षा सहित आगामी आ.व.२०७९/८० को लागि ब्यवस्थापकिय रणनीति तथा कार्र्ययोजना तर्जुमा गर्नुपर्ने र तरलता ब्यवस्थापनको लागि दिगो स्रोतको पहिचान गर्नुपर्ने धारणा राखेका थिए ।  

चुक्ता पूँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाण्डौँ महानगरपालिका वडा नं.३ कपनमार्ग, महाराजगंजमा रहेको छ । वित्तीय संस्थाले हाल ७ वटा प्रदेशमा ५७ वटा जिल्लामा सञ्चालित ९० वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस