aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

सिटिजन्स बैंकको ४४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर आइतवारदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ जेठ २०७९
सिटिजन्स बैंकको ४४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर आइतवारदेखि विक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले ४४ हजार ४१५ दशमलव ४४ कित्ता संस्थापक शेयर जेठ २२ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले यम बहादुर खत्रीको नाममा रहेको २६ हजार २४३ कित्ता र प्रदीप पौड्यालको नाममा रहेको १८ हजार १७२ दशमलव ४४ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

बैंकले १८ हजार १७२ दशमलव ४४ कित्ता शेयरको मूल्य प्रतिकित्ता रू. १६० र २६ हजार २४३ कित्ता शेयरको मूल्य प्रतिकित्ता रू. १४३ तोकेको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको मितिभित्र बैंकको केन्द्रिय कार्यालय नारयणडिटी पथमा निवेदन पेश गर्न बैंकले भनेको हो ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा उल्लेखित शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस