aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

सिटिजन्स बैंकको १८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ जेठ २०७९
सिटिजन्स बैंकको १८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १८ हजार ८४३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता रू. १५० मूल्य तोकेर उक्त शेयर विक्रीको लागि गोप्य शिलबन्दी बोलपत्र माग गरेको हो । 

यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा आवेदन नपरेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि यो शेयर जारी गरिएको हो । इच्छुक खरीद कर्ताहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस