aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

युनिक नेपाल लघुवित्तको नाफा ४ करोडमाथि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
युनिक नेपाल लघुवित्तको नाफा ४ करोडमाथि

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ४ करोड ४२ लाख रुपैयाँ कमाएको छ ।

९ करोड ५३ लाख रुपैयाँ चुक्ता पुँजी भएको युनिक नेपालले जगेडाकोषमा ६ करोड ३८ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा १ अर्ब ५२ करोड ४२ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा २ अर्ब २८ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ ।

युनिक नेपाल लघुवित्तको खुद व्याज आम्दानी १० करोड ३३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४ करोड ८२ लाख रुपैयाँ पुगेको छ । जसले प्रोभिजनमा ३ करोड ७ लाख रुपैयाँ छुटाएको छ । भने खराबकर्जा १ करोड ६७ लाख रुपैयाँ उठाएको छ ।

युनिक नेपाल लघुवित्तको निष्कृय कर्जा १ दशमलव ४८ प्रतिशत र जोखिम युक्त सम्पत्ति ८ दशमलव ०५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस