aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

हिमालयन बैंकका आधारभुत शेयरधनीबाहेकको धितोपत्र कारोबार फुकवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ जेठ २०७९
हिमालयन बैंकका आधारभुत शेयरधनीबाहेकको धितोपत्र कारोबार फुकवा

काठमाडौं । हिमालयन बैंकको धितोपत्र कारोबार फुकुवा भएको छ । कम्पनीका आधारभुत शेयरधनीहरु बाहेकका शेयरधनीको धितोपत्र जेठ २३ गते आज देखि फुकुवा भएको हो । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै शेयर कारोबार रोक्का भएको थियो  । 

मर्जरका कारण २०७८ साल वैशाख ३१ गतेदेखि रोक्का रहेको हिमालयन बैंकको  शेयर कारोबार सुचारु हुने भएको हो  । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीचको २०७८ साल वैशाख ३० गते भएको मर्जर सम्झौता हिमालयन बैंकले अस्वीकृत गरेको हो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस