
काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवमा रू. २ करोड ६८ लाख नाफा कमाएको हो ।
कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा भने रू. २ करोड ७० लाख नाफा कमाएको थियो । यसरी हेर्दा कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा शून्य दशलमव ६६ प्रतिशत घटेको देखिन्छ । कम्पनीको सञ्चालन आम्दानी भने गत आवको तुलनामा चालू आवमा १६ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीको गत आवमासञ्चालन आम्दानी रू. ७९ करोड १७ लाख रहेकोमा चालू आवमा बढेर रू. ९२ करोड ४९ लाख पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. ९४ करोड ३२ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा जगेडामा रू. २२ करोड १२ लाख सञ्चित गरेको छ ।
प्रतिक्रिया दिनुहोस