aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

रेमिट्यान्समा सम्बन्धित कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग राष्ट्र बैंकको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ जेठ २०७९
रेमिट्यान्समा सम्बन्धित कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग राष्ट्र बैंकको निर्देशन

काठमाडौं । रेमिट्यान्स कारोबार गर्ने कम्पनीलाई कडाई गर्दै नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको छ । सोमबार राष्ट्र बैंकले रेमिट्यान्ससँग सम्बन्धीत कारोबार गर्ने कम्पनीहरुका लागि नयाँ निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

जारी गरेको निर्देशनमा विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सब प्रतिनिधिहरुले आन्तरिक विप्रेषणको कारोबार नगद भुक्तानी गर्दा सम्बन्धित विप्रेषण कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने निर्देशनमा जनाएका छ। त्यस्तै, बैंक खाता व विद्युतीय वालेट सम्बन्धित विप्रेषण कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने छ।

आन्‍तरिक विप्रेषणको दैनिक प्रतिव्यक्ति प्रतिकारोबार भुक्तानीको सीमा अहिले २५ हजार रुपैयाँ नै यथावत राखेको छ। गत फागुनभन्दा पहिला यस्तो सिमा एक लाख रुपैयाँ रहेको थियो । 

प्रतिक्रिया दिनुहोस