
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २६ करोड २४ लाख ६७ हजारको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो । हकप्रद पश्चात् कम्पनीको चुक्तापूँजी रू. ५२ करोड ४९ लाख ३५ हजार २०० पुग्नेछ ।
हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले असार ८ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २३ गतेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गर्दै होटल पौवा, टाडी, चितवनमा विहान ११ बजे सभा गर्ने समेत निर्णय समेत गरेको हो । सधारण सभा प्रयोजनका लागि जेठ ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा जेठ २९ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस