
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको ८ लाख ८० हजार कित्ता संस्थापक शेयर जेठ २४ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले प्रतिकित्ता रू. १४१ मूल्य तोकेर उक्त शेयर असार ७ गतेसम्मका लागि विक्रीमा ल्याएको हो ।
यो शेयर खरीदका लागि जो कोहि व्यक्ति तथा संस्थाहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।शेयर खरीदका लागि आवेदन दिदाँ तोकिएको मूल्य वा सोभन्दा बढी मूलय अंकित गरी न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
तोकिएको अवधिभित्र प्राप्त गोप्यशिलबन्दी बोलपत्र असार ८ गते अपरान्ह ३ बजे विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी, काठमाडौंमा खोलिने कार्यक्रम तय भैसकेको छ । रितपूर्वक प्राप्त बोलपत्रहरुमध्ये सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकहरूलाई शेयर बाँडफाँट गरिने कम्पनीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस