तनहुँ । तनहुँ जिल्लाबन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३२ जना ग्राहक सदस्यहरुको सहभागितामा जेष्ठ २० गतेदेखि २२ गतेसम्म सर्लाही जिल्लाको कौडेना नगरपालिका–३, कौडेनामा “ब्यवसायिक पशुपालन तालिम”सम्पन्न गरेको संस्थाका नायब महाप्रवन्धक पवनकुमार श्रेष्ठले जानकारी गराएका छन । यस तालिममा प्रशिक्षक जय प्रकाश यादव, राजकिशोर यादव, शंकर साह, पवनकुमार श्रेष्ठ, दिपकुमार चौधरी, सुजितकुमार गुप्ता रहेका थिए ।
पशुपंक्षीको परिचय तथा महत्व, गोठ तथा आहार ब्यवस्थापन, पशुपंक्षीको उन्नतजात बारे जानकारी तथा प्रजनन ब्यवस्थापन, गर्भीनी, बच्चा ब्याएपछिको ब्यवस्थापन, परजिविपशु स्वास्थ्य ब्यवस्थापन (सैद्धान्तिक र ब्यवहारिक), दानाबनाउने तरिका, संक्रमिततथा असंक्रमित रोगको जानकारी, उन्नत घाँसको खेती र त्यसको फाईदाहरु, पशुजन्य पदार्थको बजार ब्यवस्थापनका बारेमा तालिम गराइएको थियो ।
तालिमको दोश्रो दिनतालिममा सहभागीहरुलाई गोडैता नगरपालिका—३ भगवतीपुर, जानकी टोलाका स्थानीय ब्यवसायिक कृषक जैलसिया देवीको महतो पशुपालन फर्म अवलोकन गराईएको थियो । सहभागीहरुले पशुपालन फर्ममा दैनिक २०÷२० लिटर दुध दिने दुधालु भैंसी तथा दुधालु गाईको अवलोकन गरेका थिए । तालिममा सहभागीहरुलाई कौडेना शाखाका शाखा प्रमुख सुजितकुमार गुप्ताले गरेका थिए ।
यो सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवाप्रदान गर्दै आई रहेको छ ।
प्रतिक्रिया दिनुहोस