aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

बैंकहरुमा सामान्य निक्षेप बढ्यो, ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ जेठ २०७९
बैंकहरुमा सामान्य निक्षेप बढ्यो,  ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप पुग्यो

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार आएको छ । जेठ महिनाको दोस्रो हप्ताको तुलनामा तेस्रो हप्ता वाणिज्य बैंकहरुमा  ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । दोस्रो हप्ता ६ अर्ब निक्षेप थपिएको थियो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार जेठ १३ गतेदेखि २० गतेसम्म ७ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको हो । गत जेठ १३ गतेदेखि २० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । गत जेठ ६ देखि १३ सम्म यस्तो निक्षेप ६ अर्ब रुपैयाँ बराबरले वृद्धि भएको थियो । जेठ ६ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप जेठ २० गतेसम्म ७ अर्बले बढेर ४३ खर्ब ९० अर्ब रुपैयाँ पुगेको हो ।

यस अवधिमा बैंकहरुले २ अर्ब रुपैयाँ प्रवाह गर्ने कर्जा पनि बढेको देखिन्छ । एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुले दई अर्ब कर्जा प्रवाह गरेको हुन् । अधिकांश बाणिज्य बैंकहरुको सिडी रेसियो ९० प्रतिशतभन्दा बढी रहेको संघको तथ्यांकले देखाएको छ । 

प्रतिक्रिया दिनुहोस