aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चेक बाउन्सको अभियोगमा पक्राउ डेभाजुका सञ्चालक १ करोड बुझाएर रिहा भएलगत्तै फेरि: पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
चेक बाउन्सको अभियोगमा  पक्राउ डेभाजुका सञ्चालक १ करोड बुझाएर रिहा भएलगत्तै फेरि: पक्राउ

काठमाडौं ।  राजधानीको दरबारमार्गस्थित क्लब डेजाभूका सञ्जालक मनोज श्रेष्ठ चेक बाउन्सको अभियोगमा पक्राउ परेर धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् ।

केही दिनअघि विमानस्थलबाट पक्राउ परेका श्रेष्ठ आज (बिहीबार) एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

बैंकिङ कसूरको मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । धरौटीमा छुटेलगत्तै उनलाई प्रहरीले ३ करोड ठगी गरेको आरोपमा पुन पक्राउ गरेको हो ।

प्रक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस