
काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPSe-payment प्रणालीमा कारोबार गर्ने बैंकहरुमा कृषि विकास बैंकलाई पनिउक्त प्रणालीमा आवद्ध गराई आजबाट कारोबार सञ्चालनमा ल्याएको छ । अब कृषि विकास बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् ।
यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने भुक्तानीसेवाहरु प्राप्त गर्न सक्नेछन् । हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी,लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी गर्न सकिने छ ।
रकम ट्रान्सफर, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । सेवा प्रदायकहरुको पोर्टलमा connectIPS पेमेन्ट प्रोसेसर (गेटवे), www.connectips.com अथवा मोबाईल एपको प्रयोग गरी भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ ।
connectIPS e-Payment प्रणालीमा हाल सम्म ५७ बैंक तथावित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमाहाल सम्म ५१ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस