aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

असार १ गतेदेखि सेञ्चुरी कमर्सियल बैंकको २ हजार ८१८ कित्ता संस्थापक शेयर विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ जेठ २०७९
असार १ गतेदेखि सेञ्चुरी कमर्सियल बैंकको २ हजार ८१८ कित्ता संस्थापक शेयर विक्री गर्ने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले असार १ गतेदेखि २ हजार ८१८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको । कम्पनीले असार ८ गतेसम्म आवेदन दिन सकिने गरी उक्त शेयर विक्रीमा ल्याउन लागेको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् । 

प्रतिकित्ता रू. १०० तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सकिनेछ । आवेदकहरूले यो शेयर खरीदका लागि आवेदन दिदाँ सम्पुर्ण कित्ताको माग गर्नुपर्नेछ । शेयर विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस