aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एनआईसी एशिया बैंकले गर्यो चौराहा हस्पिटलसँग सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
एनआईसी एशिया बैंकले गर्यो  चौराहा हस्पिटलसँग सम्झौता

एनआईसी एशिया बैंक लिमिटेड र बुटवल स्थित चौराहा हस्पिटल बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले हस्ताक्षर गरेका छन् । 

एनआईसी एशिया बैंकले मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२१ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यो बैंकका १७ लाखभन्दा बढी ग्राहक रहेको बैंकको दाबी छ ।  बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको समेत बैंकले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस