aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

ठगी र बैंकिङ कसुर आरोपी काठमाडौंका विभिन्न स्थानबाट पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ जेठ २०७९
ठगी र बैंकिङ कसुर आरोपी काठमाडौंका विभिन्न स्थानबाट पक्राउ

काठमाडौं । ठगी र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेका छन । ठगी मुद्दामा काठमाडौँ धुम्बाराही बस्ने पाल्पा तिनाउ गाउँपालिका–३ का ४० वर्षीय जीतबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरी जनाएको छ ।

ठगी मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले वसुन्धराबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देही पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँको थानकोट बस्ने दोलखा कालिञ्चोक गाउँपालिका–१ घर भएका ३४ वर्षीय अमरबहादुर तामाङलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुरमा रु ६२ लाख ३३ हजार बिगो भई फरार रहेका उनलाई उक्त कार्यालयबाट खटिएको प्रहरीले काठमाडौँ माकलबारीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ । त्यस्तै बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ जडीबुटी बस्ने धनुषा लक्ष्मीनिया गाउँपालिका–२ का ३९ वर्षीय हसन साफीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस